
सुर्खेत – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। तर उनी चुनावी प्रचार–प्रसारका लागि देशभर जाने बताइएकोृ छ ।
आफु चुनाव नलडेपनि पार्टीलाई जिताउन लाग्ने उनले बताए । खड्काले सर्वोच्च अदालतको फैसला जे भए पनि कांग्रेसलाई एकढिक्का बनाउने अभियानमा आफु लागेको बताएका छन् ।
निवर्तमान कार्यवाहक सभापति समेत रहेको खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा परेका थिए ।