जिफन्ट कर्णालीले निर्वाचनमा एमालेलाई सघाउने

सुर्खेत – जिफन्ट कर्णाली प्रदेशले आसन्न प्रतिनिधिसभा निर्वाचनमा मुल पार्टी नेकपा ९एमाले०लाई जिताउन सक्रिय भूमिका खेल्ने भएको छ ।

एमाले निटक श्रमिकहरुको साझा संगठन जिफन्ट कर्णाली प्रदेशकी कार्यवाहक अध्यक्ष राधा श्रेष्ठले संगठन पार्टीको चुनावी रणनीतिअनुसार अघि बढ्दै एमाले उम्मेदवारको पक्षमा एकताबद्ध रूपमा काम गर्ने बताइन् । शुक्रबार बसेको बैठकले श्रमिक तथा ट्रेड युनियन आन्दोलनसँग जोडिएका मुद्दालाई निर्वाचनमार्फत सशक्त रूपमा उठाइने उल्लेख गरिन् ।

श्रेष्ठका अनुसार कर्णाली प्रदेशका सबै जिल्ला तथा पालिका तहमा संगठनलाई परिचालन गरी घरदैलो अभियान, मतदाता अभिमुखीकरण तथा पार्टीका नीतिगत कार्यक्रमलाई जनतासमक्ष पुर्‍याइनेछ । ुएमालेको नेतृत्वमा मात्रै श्रमिक हित सुरक्षित हुने भएकाले पार्टीलाई विजयी गराउनु हाम्रो प्रमुख दायित्व हो,ु उनले भनिन् ।

जिफन्ट कर्णाली प्रदेशले निर्वाचनलाई संगठन सुदृढीकरणको अवसरका रूपमा लिँदै केन्द्र र प्रदेश नेतृत्वसँग समन्वय गरेर अभियान सञ्चालन गर्ने जनाएको छ । संगठनले कर्णालीमा एमालेको जनाधार थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गरेको छ । यस्तै, बैठकमा बोल्दै नेकपा एमाले सर्खेतका सहसचिवसमेत रहेकी जनसंगठन प्रमुख सुशीला विश्वकर्माले श्रमिकको हक र हितमा काम गर्ने पार्टी एमाले रहेको दावी गरिन ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला श्रमिकको जीवन सुरक्षाका लागि सामाजिक सुरक्षा कोषको स्थापना भएको उल्लेख गर्दै उनले यसलाई कर्णालीमा पनि व्यापक बनाउन जिफन्टले नेतृत्व लिनु पर्ने बताइन । कर्णाली प्रदेशमा सामाजिक सुरक्षाको दायरा बढाउन र यसको कार्यालय कर्णालीमा यथासिंघ्र स्थापना गराउन संगठनले पहलकदमी लिनुपर्ने बताइन । उनले सबै तहका श्रमिकको हकहितका क्षेत्रमा काम गर्दै पार्टीको नीति अनुसार काम गर्नुपर्ने बताइन ।

बैठकमा यातायात क्षेत्रका मजदुरलाई पनि संगठनमा आवद्ध गराउने, सदस्यता नविकरण गर्ने विषयमा समेत छलफल भएको थियो ।