
काठमाडौं – नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमूनी खेल, अनी खेल हेर्न दर्शकका लागि प्यारापिटको व्यवस्था । धेरैको सपना थियो यो तर अब भने त्यो सपना बिपना बन्दैछ ।
क्रिकेट खेलाडीले फ्लडलाइटमूनि डे-नाइट म्याच खेल्नेछन् भने दर्शकले सिटमा बसेर त्यो खेल हेर्नेछन् । हो नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज देखि सुरु हुँदा नेपाली क्रिकेटमा नयाँ इतिहासको सुरुवात हुनेछ ।
त्यसको साक्षी बस्नका लागि खेलाडी, क्यान पदाधिकारी क्रिकेट समर्थक र सारा नेपाली तयार छ । पहिलो संस्करणको एनपीएल दिउँसो मात्र भएको थियो चने दोस्रो संस्करणमा ३२ मध्ये २३ खेल डे(नाइट म्याच हुनेछ र त्यसमा फ्लडलाइट बालिनेछ ।
आइतबारै मात्रै फ्लडलाइट र प्यारापिट क्यानलाई हस्तानतरण गरिएको छ । अब साविक विजेता जनकपुर बोल्ट्सले त्यही फ्लडलाइटमूनि सोमबार काठमान्डु गोर्खाजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । एनपीएलमा यसपटक पनि ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।