
सुर्खेत – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन जी आन्दोलनको नाममा नव युवाहरुको भावनालाई भड्काएर विध्वंस मच्चाउने काम गरिएको बताएका हुन् ।
शनिबार सुर्खेत पुगेका उनले पत्रकार सम्मेलनका क्रममा यस्तो बतनएका हुन् । जेन जी नामाकरण नै नेपाली शब्द र संस्कृति होईन
समाज र परिवारबाट नयाँ पुस्तालाई अलग गर्न सूचना र प्रविधिको प्रयोग गरियो, उनले भने, सामाजिक सञ्जाल नियमन गर्न खोज्दा स्वार्थी तत्वले खेलेर घटनाक्रम आक्रोसका रुपमा व्यक्त गरियो ।
भष्टाचार विरुद्ध, सुशासनका लागि पार्टीले निरन्तर अभियान चलाईरहेको पोखरेलको भनाइ छ । शान्तिपूर्ण जुलुस हिंसात्मक बन्नुमा जेन जीहरुको योजनाको बिषय होईन सत्ता राजनीतिको स्वार्थ समूहले गरेको हो, उनले भने, लोकतन्त्रमा आन्दोलन गर्न पाईन्छ तर विध्वंस मच्चाउन पाईदैन ।
सरकारी संरचना र व्यक्तिका घर जलाउने लुटपाट गर्ने वास्तविक जेन जी नभई प्रतिसोधको राजनीति गर्ने र लुटेराहरु रहेको लोकतन्त्रलाई कमजोर बनाउने गरि सरकारले काम गरिरहेको उनको तर्क छ।
संविधान अनुसार यो सरकार बनेको होईन सरकारलाई संविधानले चिन्दैन, संविधानले नचिन्ने सरकारले प्रतिनिधिसभा विगठन गरेको मान्य हुदैन, उनले थपे, प्रतिनिधि सभा पुर्नस्थापित गरि राजनैतिक सहमतिको प्रक्रियाबाट सरकार गठन गर्नुपर्छ, समय बित्दैछ रहस्य बाहिर आउदैछन् सबैलाई महसुस हुदैछ भ्रमित पार्नेहरुको काम नै त्यही हो त्यस्ता व्यक्तिको पछि लाग्नहुदैन ।
फेशबुक एकाउन्ट खोलेर सामाजिक सञ्जाल मार्फत नव युवाहरुलाई भट्काउने काम गरिएको उनको दावी छ।
आन्दोलनको श्रय लिएर गौरव गर्ने बिषय होईन पश्चाताप गर्ने बिषय हो, देशलाई माया गर्ने व्यक्ति र अहिले दलप्रति जनताको समर्थनले त्यो पृष्टि हुन्छ, उनले भने, नेपाली राजनीतिमा सडयन्त्रसँग लड्ने आँट नेकपा एमालेले गर्दै आएको छ, राजनैतिक दलको साथमा जनता छन् भन्ने सन्देश दिन जनजागरणका कार्यक्रम भईरहेका छन् ।