काठमाडौं– काठमाडौं उपत्यकामा ९ सय ३४ सहित थप १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार थप १५१३ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित २० हजार ३ सय ९६ जना रहेका छन्। काठमाडौं उपत्यकामा पहिलोपटक एकैदिनमा ९ सय ३४ जना संक्रमित थपिएका छन्। मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ७ सय ४७ जनामा जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, भक्तपुरमा ७३ जना र ललितपुरमा १ सय १४ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ७ सय ३१ जना रहेको छ। त्यस्तै, हाल आइसीयुमा २ सय १३ जना र भेन्टिलेटरमा ३४ जना संक्रमित उपचाररत छन् ।
यस्तै, आज थप १० जना संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा काठमाडौँका ३ जना, मोरङका १ जना, सर्लाहीका १ जना, महोत्तरीका १ जना, चितवनका १ जना र बाँकेका ३ जना रहेको मन्त्रालयले जनाएको छ । (हेल्थ आवाज)