समान न्यायका लागि मिडियासँग सहकार्य

 

सुर्खेत- ‘न्यायमा पहुँच परियोजना’ले न्यायमा सबैको समान पहुँच अभिवृद्धि गर्न मिडियासँग सहकार्य गर्दै अघि बढ्ने बताएको छ । मंगलवार वीरेन्द्रनगरमा आयोजित एक अभिमुखीकरणमा परियोजना संयोजक सर्वराज जोसीले यस्तो बताएका हुन् ।

सबै नागरिकको आवाज बोल्ने र उनीहरुसम्म जानकारी पु¥याउने महत्वपूर्ण माध्यमका रुपमा सञ्चार क्षेत्र भएकाले यस क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए । अहिले पनि सहकार्य जारी रहेको उनले बताए ।

सामाजिक सेवा केन्द्र (सोसेक)द्वारा सञ्चालन गर्नेगरी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा हाल यो परियोजना कालिकोट, दैलेख, सुर्खेत र सल्यानका दुई/ दुई वटा स्थानीय तहमा लागु गरिएको छ ।
सोसेकका प्रतिनिधी चन्द्रा अधिकारीका अनुसार सन २०१० अगस्टदेखि डिसेम्बरसम्मका लागि यो परियोजना लागु भएको हाे ।

महिला, बालवालिका, सीमान्तकृत, गरिबीमा रहेका नागरिकहरुलाई न्यायका बारेमा सचेत गराउने, उनीहरुको न्यायमा पहुँच अभिवृद्धि गर्ने, गुनासो सुनुवाईमा माध्यम बन्ने, समाजलाई कानुनको बारेमा जानकारी दिने जस्ता कार्य परियोजनामार्फत गरिने संयोजक अधिकारीले बताईन् ।

‘अहिले पनि हामीले विभिन्न एफएम रेडियोमार्फत न्याय, कानुन तथा समान पहुँच अभिवृद्धि बारेमा रेडियो कार्यक्रम गर्दै आएका छौं,’ उनले भनिन्, ‘हरेक क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी र सञ्चारमाध्यमसँग अबका दिनहरुमा पनि सहकार्य गर्दै अघि बढ्नेछौं ।’

अभिमुखीकरण कार्यक्रममा पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले न्याय पाउने भन्दा पनि न्याय प्रदान गर्ने निकाययलाई पनि बलियो बनाउनेगरी परियोजना लाग्नुपर्ने सुझाव दिए ।