सुर्खेत – नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन प्रा.लि लाई कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास निर्देशनालयले कालोसूचीमा राख्न सिफारिस गरेको छ ।
निर्देशनालयका अनुसार कम्पनीले वीरेन्द्रनगर क्षेत्रभित्रको प्रदेश राजधानी वीरेन्द्रनगर योजना क्षेत्र शहरी सडक ९प्याकेज(१० अन्तर्गतको सडक स्तरोन्नतिको काम समयमा सम्पन्न नगरेको, पटक–पटक सम्झौता म्याद थप हुँदाहुँदै समेत कार्य नगरेको र निर्देशनालयबाट गरिएको पत्राचार तथा वैठकहरूमा कम्पनीका प्रतिनिधि अनुपस्थित भइरहँदा सो कदम चालिएको हो।
यस्तै २०७९ मंसिर २० मा सम्पन्न हुनुपर्ने काम हालसम्म सम्पन्न हुन नसकेको र कम्पनीले काम नगर्ने स्पष्ट संकेत पाएपछि सूचनाको सार्वजनिकता गरी कालोसूचीमा राख्ने निर्णय लिइएको हो । तीनपृष्ठे पत्रमा निर्देशनालयले सार्वजनिक खरिद ऐन २०६३ र नियमावली, २०६४ अनुसारको प्रक्रिया पूरा गर्दै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको जनाएको छ।
सम्झौता भएको मितिदेखि हालसम्म कुल मूल्यको १ सय ५ पनि कार्यान्वयन नभएको, निर्माणस्थलमा पर्याप्त स्रोतसाधन नपठाएको, इन्जिनियरको सुपरिवेक्षणमा समेत कार्य नगरेको, दैनिक प्रगति प्रतिवेदन नदिएको र ठेक्का नियमावलीको धारा १११ ९क० को उल्लङ्घन गरेको स्पष्ट देखिएको भन्दै निर्माण निर्देशनालयले सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय ९एएइ० ले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो।
कम्पनीको सञ्चालकमा सांसद पूर्णबहादुर तामाङको नाम खुलेर उल्लेख भए पनि उनले यसअघि सार्वजनिक रूपमा आफू कम्पनीमा संलग्न नरहेको दाबी गरेका थिए । तर निर्माण निर्देशनालयबाट पठाइएका पत्रहरूमा ‘कान्छाराम कन्स्ट्रक्सन प्रा। लि। नयाँबजार–७, काठमाडौं सँगै आधिकारिक इमेल र ठेगाना उल्लेख छ, जुन सांसद तामाङसँग सम्बद्ध रहेको प्रमाणित हुन्छ ।
यस्तै निर्देशनालयले आयोजना गरेको ठेक्का समीक्षासम्बन्धी समन्वय बैठकहरूमा कम्पनीको अनुपस्थिति, निर्देशन पालना नगरेको, लिखित जवाफ नदिएको र निर्माणस्थलमै उपस्थिति नजनाएको आरोप छ । निर्माण सामग्री श्रमिक र उपकरणहरूको तयारीसमेत नगरेको अवस्थामा निर्णयअनुसार ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ गरिएको हो ।