सुर्खेत – पछिल्लो समय सुर्खेतको सिद्धपाइला इङ्गलिस मिडियम सेकेन्डरी स्कुल भन्ने वित्तिकै जो कोहीले कानून बिषयमा अध्यापन गराउने विद्यालय भनेर चिन्छन् । भने कानून बिषय पढाईबारे बजारमा छलफल हुदाँ पनि झट्ट सबैले सिद्धपाइला स्कुललाई नै सम्झिन्छन् । यो स्कुल व्यवस्थापन तथा नेतृत्वको क्षमता, शैक्षिक गुणस्तर र प्राप्त नतिजाको प्रतिफल पनि हो ।
वीरेन्द्रनगर–१० स्थित शान्तीनगर टोलमा रहेको सिद्धपाइला स्कुल कानून संकाय पढ्न चाहाने विद्यार्थीका लागि मात्रै होइन, पछिल्लो समय व्यवस्थापन संकाय पढ्न चाहाने विद्यार्थीको पनि रोजाइमा पर्न थालेको छ । सबैको आकर्षक र विश्वासिलो बन्दै गएको यो विद्यालयले आफुलाई नेपालकै अब्बल सावित गरीसकेको छ ।
प्लस टु मा कानून र व्यवस्थापन संकाय अध्यापन भइरहेको छ । भने यस शैक्षिक सत्रदेखि होटल व्यवस्थापन संकायमा पनि पढाई हुने भएको छ । विद्यालयले तीन वटै संकायमा भर्ना खुला गरेको छ । कक्षा ११ मा कानुन, व्यवस्थापन र होटेल व्यवस्थापन विषयमा सिमित कोटा रहेको छ । जसमा ४०÷४० जना मात्रै विद्यार्थी भर्ना लिइने विद्यालयले जनाएको छ । कानुन विषय अध्यापनमा यो विद्यालय नेपालकै उत्कृष्ट विद्यालय हो । भने व्यवस्थापन विषयमा पनि उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ ।
कानून संकायमा नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल हुनुकोपछि अध्यापन गराउने प्रध्यापकहरु पनि कर्णालीकै विज्ञ तथा अनुभवि व्यक्तिहरु भएर हो । जसले गर्दा विद्यालयले उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ । २०७९ मा राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को कानून संकायको परीक्षामा यस विद्यालय कर्णालीकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । जसमा छात्र नवराज शाहीले ३ दशमलब ७२ जीपिए ल्याएर कर्णाली प्रदेश प्रथम भए । भने छात्र यज्ञराज नाथ योगीले ३ दशमलब ६२ जीपिए ल्याएर प्रदेश द्धितीय र छात्रा गोमा भण्डारीले ३ दशमलब ६१ जीपिए ल्याएर प्रदेश तृतीय हुन सफल भएका छन् ।
यस्तै २०७८ मा पनि प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । छात्रा एलिसा सिंह ठकुरी र छात्र भोला रिजालले समान ३ दशमलब ५२ जीपिए ल्याएर प्रदेश प्रथम भएका थिए । भने छात्र झलक शाही र छात्रा रेनु चौधरीले समान ३ दशमलब ४७ जीपिए ल्याएर द्धितीय तथा छात्र होमराज चलाउनेले ३ दशमलब ४६ जीपिए ल्याएर तृतीय स्थान हाँसिल गरेका थिए ।
२०८१ को एसईईमा पनि सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल यस विद्यालयले उत्कृष्ट नतिजा ल्याएको छ । छात्रा विनिता बुढाले ३ दशमलब ९५ जीपिए ल्याउर विद्यालयलाई प्रदेशकै उत्कृष्टमा दर्ज गराएकी छन् । भने उनी यसै विद्यालयमा कक्षा ११ को व्यवस्थापन संकायमा भर्ना पनि भइसकेकी छन् ।
नयाँ टेक्नोलोजिबाट पढाई
यस विद्यालयमा एक्सन वेश लर्निङ र प्रोजेक्ट वेश लर्निङ जस्ता नयाँ टेक्नोलोजिको माध्ययमबाट पढाई हु्न्छ । गत वर्ष एक्सन वेश लर्निङ अन्तर्गत ठु्लो शैक्षिक मेला सम्पन्न गरिएको छ । परियोजनामा आधारीत सिकाइको माध्ययमबाट पठनपाठन सुरु गरिएको छ । पाठ्यक्रममा मात्रै आधारित नभएर अतिरिक्त क्रियाकलापमा पनि सिद्धपाइला स्कुल कर्णालीकै उत्कृष्ट हुन सफल भएको छ । प्रविधिको प्रयोग र संस्कार सहितको शिक्षा दिइन्छ ।
एक अन्तराष्ट्रिय संस्थाले आयोजना गरेको सांस्कृतिक नृत्य प्रतियोगितामा सिद्धपाइला स्कुल कर्णालीकै उत्कृष्टको रुपमा छनोट भइ काठमाडौंमा नृत्य प्रदर्शन गरेको छ । सोही अन्तर्गत आगामी भदौंमा ह्ुने छनोट प्रतियोगितामा उत्कृष्ट १० भित्र परेको खण्डमा सिद्धपाइला स्कुलले उक्त सांस्कृतिक नृत्य अमेरीकामा आयोजना हुने कार्यक्रममा सहभागि भएर प्रदर्शन गर्ने मौका पाउनेछ ।
पढाइसँगै विद्यार्थीलाई दुव्र्यशनीबाट जोगाउन विद्यार्थी, शिक्षक र अभिभावकलाई समेत विज्ञ व्यक्तिहरुल्याएर काउन्सिलिङ गर्ने गरिएको छ । यसले विद्यार्थीलाई दुव्र्यशनीबाट जोगाउनुका साथै शैक्षिक गुणस्तरमा समेत सुधार ल्याउन सहज बनाएको छ ।
राष्ट्रिय अन्तराष्ट्रिय टेक्नोलोजिका आधारमा अध्यापन भइरहेको छ । कक्षा ६ देखि ८ सम्म आइसिटि स्मार्ट बोर्डहरु जडान गरेर अध्यापन भइरहेको छ । कक्षा ८ देखि १० सम्मका कमजोर विद्यार्थीलाई मध्यनजर गरेर होम भिजिट गर्नुका साथै थप अतिरिक्त कक्षा सञ्चालन हुने गरेका छन् । यसले गर्दा सिद्धपाइला स्कुल हरेक परीक्षामा शतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
शिक्षकहरु पनि विद्यालयप्रति अपनत्व लिन्छन् । छोटो समयमा कर्णालीको आकर्षक विद्यालय बन्न सफल भएको छ । सिद्धपाइला स्कुलका बिषयमा राम्रोसँग बुझेर आफ्ना बालबालिका भर्ना गर्न विद्यालयले अनुरोध गरेको छ । प्लस टु का कानून, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा नयाँ विद्यार्थीलाई स्वागत गर्न विद्यालय आतुर छ । विद्यालयले छात्रवृति पनि प्रदान गर्दै आएको छ । ३ दशमलब ६ जीपिए भन्दामाथि अंक ल्याउने, एथेलेटिक्स खेलाडी, आर्थिक रुपमा पिछडीएका, दुर्गम क्षेत्र र प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई छात्रवृति प्रदान गर्ने गरिएको छ ।
संघर्षसँगै विद्यालयलाई सफलता
यो विद्यलाय २०६४ सालमा स्थापना भएको हो । २०७० सालदेखि प्रधानाध्यापकको रुपमा नैनसिंह खत्रीले विद्यालय व्यवस्थापनको नेतृत्व गरिरहेका छन् । २०७० सालसम्म कक्षा ८ सम्म मात्रै सञ्चालन थियो । पछि २०७१ मा कक्षा ९ र २०७२ मा कक्षा १० बन्यो । २०७३ मा कक्षा ११ र २०७४ मा कक्षा १२ को पढाई सुरु हुन थाल्यो ।
कानून बिषय पढाइ ह्ुने कर्णालीकै पहिलो विद्यालयको रुपमा स्थापना भयो । २०७२ देखि २०८१ सालसम्म आउँदा जिल्ला स्तरीय परीक्षा, एसईई परीक्षा र कक्षा १२ को परीक्षामा सतप्रतिशत उतिर्ण गराउन सफल हुनुका साथै उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ । विद्यालयमा पीजि कक्षादेखि १२ सम्म पढाइ हुन्छ । २०७० मा १२० जना विद्यार्थीबाट अध्यापन सुरु भएको थियो । हाल आउँदा १ हजार बढि विद्यार्थी अध्ययनरत छन् ।
शिक्षक कर्मचारी गरेर ७० जना बढिले रोजगारी पाएका छन् । २०७६ मा उच्च माध्यामिक शिक्षा परिषदले लिएको परीक्षामा यस विद्यालयले कानुन बिषय (संकाय) पढ्ने सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएपछि नेपालमै चर्चा बटुलेको थियो । विद्यालयका प्रधानाध्याक नैनसिंह खत्रीले बजारमा टिक्ने र बिक्ने खालको दक्ष जनशक्ति उत्पादन गरिरहेका छन् ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापद्धारा योग्य, दक्ष र व्यवहारीक बनाउने विद्यालयको प्रयत्न जारी रहेको उनी बताउँछन् । ‘हामीलाई तपाँइका कमजोर बालबालिका दिनुहोस् । हामी उनीहरुलाई गुणस्तरीय शिक्षा दिनुका साथै व्यवहारीक बनाउने छौ’ उनले भने, ‘तब्धांक पत्रमा धेरै नम्बर राखेर मात्रै होइन । थोरै नम्बर ल्याएपनि बजारमा टिक्ने र बिक्नसक्ने जनशक्ति उत्पादन गछौ । व्यवहारीकताले उनीहरु भविष्यमा सजिलै स्वरोजगार बनुन भन्ने हाम्रो चाहाना हो ।’
अन्य विद्यालयको तुलनामा यस विद्यालयको फरक सिकाइ क्रियाकलाप, कक्षा कोठा व्यवस्थापन, दक्ष बिषय विज्ञ शिक्षक, शिक्षक विद्यार्थीबिच समन्वय, प्रयोगात्मक शिक्षण, खेल, मनोरञ्जन, सांस्कृतीक क्रियाकलाप जस्ता अतिरिक्त कक्षा तथा क्रियाकलापका कारण विद्यार्थीको आकर्षण बढेको हो ।
प्रधानाध्यापक खत्रीले थपे, ‘सबै विद्यालयले आआफु राम्रो रहेको दावी गर्छन् । तर त्यो तथ्यांकले पृष्टि गर्ने कुरा हो । हामी उत्कृष्ट नतिजा सहित आत्मसन्तुष्टि हुने गरी काम गरिरहेका छौं । अधिकांश विद्यार्थी र अभिभावकको रोजाइँमा सिद्धपाइला स्कुल पर्ने गरेको छ । अहिलेसम्म सिद्धपाइला स्कुल नराम्रो भन्ने सुनिएको छैन । तर विद्यालयमा थप भौतिक संरचनाको आवश्यकता देखिएपछि निर्माणमा जोड दिएका छौं । अबको १ वर्षभित्रै आफ्नै सुविधा सम्पन्न भवन निर्माण सम्पन्न गर्ने तयारी छ ।’