नेकपा एसले कर्णाली सरकारलाई बुझायो ५१ बुँदे मागपत्र

सुर्खेत – नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश सरकारलाई ५१ बुँदे माग पत्र बुझाएको छ । प्रदेश कमिटीका अध्यक्ष ठगेन्द्र प्रकाश पुरी नेतृत्वको टोलिले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव धोलकराज ढकाल मार्फत कर्णाली सरकारलाई माग पत्र बुझाएका हो ।

५१ बुँदे मागपत्रमा बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा रहने गरी सीमा विस्तारदेखि रोजगारी र सुशासनका लागि प्रदेश स्तरमा सर्वदलिय तथा सर्व पक्षिय सम्मेलन गर्न समाजवादीको माग छ ।

समाजवादीले यातायात सुविधालाई व्यवस्थित गर्न जुमुनाहा–कोहलपुर–सुर्खेत–खुलालु–सरिसल्ला–हिल्सा सडक, कोहलपुर–सुर्खेत–नाग्मा–गमगढी–मुगुम–कार्मारोङ्–नाक्चेलाग्ना सडक, राप्ती राजमार्ग, छिन्चु–जाजरकोट सडक, जमुनाहा–धोमोरिम्ला सडक र लुम्विनी–रारा पर्यटकीय सडकको स्तरोन्नती प्रदेश सरकारसँग माग गरेको हो ।

त्यस्तै नेपाली भाषा र संस्कृतिको उद्गम स्थल जुम्लाको सिंजालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने, निर्माणधिन रंगशालाको निर्माण कार्य अविलम्व पुरा गरी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने र भूकम्प पीडितको पुर्नस्थापना गर्नुपर्ने लगायतका माग गरेको छ ।

त्यस्तै कर्णालीको जल, जमिन, जंगल र जडिबुटीलाई उपयोग गर्ने गरी नीति तथा कार्याक्रमहरु तर्जुमा गर्नुपर्ने, कर्णाली प्रदेशमा कृषि तथा वन सम्वन्धि अध्ययन, अध्यापन, अनुसन्धान गर्ने विश्वविद्यालय स्थापना गर्नुपर्ने, पूर्व व्यवसायिक शिक्षा, नैतिक शिक्षा र स्वास्थ्य तथा सरसफाई शिक्षा सम्बन्धी विषयलाई आधारभूत तहदेखि नै अनिवार्य गर्न पनि समाजवादीले कर्णाली सरकारसँग माग गरेको छ । गरिब, जेहेन्दार, दलित, महिला र पिछडिएका क्षेत्रवाट आएका विद्यार्थीहरुको लागि छात्रावासको व्यवस्था गर्नुपर्ने, १८ वर्ष मुनि र ६० वर्ष माथिका सबै कर्णालीवासी नागरिकहरुलाई सवै प्रकारको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने, क्यान्सर, मृगौला, मुटु जस्ता प्राण घातक रोगलाई पूर्ण रुपमा निःशुल्क उपचार गर्ने व्यवस्था गर्न माग गरेको छ ।

कर्णाली प्रदेशमा रहेका कर्णाली, तिला, भेरी, शारदा लगायतका थुप्रै नदीहरुबाट उर्जा उत्पादनको महत्वलाई आत्मासात गरी स्थानीय जनताहरुको हक,लाभ र स्वामित्वलाई ग्रहण गर्दै सम्भाव्यता अध्ययन भएका तिला कर्णाली, फुकोट कर्णाली, जगदुल्लाा, वेतन कर्णाली, नलसिंगाड, अपर कर्णाली, भेरी बबई डाइभर्सन, शारदा लगायतका जलविद्युत परियोजनाहरुको कामलाई छिटोछरितो सम्पन्न गर्ने वातावरण बनाउन माग गरिएको छ ।

मागहरु
क. रुकुम पश्चिम, जाजरकोट र दैलेख जिल्लामा पर्ने मध्य पहाडि पुष्पलाल लोकमार्गका निर्माण हुन वाँकी स्थानको सडक र पुलहरु निर्माण गर्नु पर्ने ।
ख. कोहलपुर देखि सुर्खेत विरेन्द्रनगरसम्मको सडकलाई विकास र विस्तार गर्नु पर्ने ।
ग. मदन भण्डारी राजमार्गको सल्यान खण्डको टेण्डर तत्काल गर्नु पर्ने ।
घ. रुकुम मुसीकोट सल्यान खलंगा कालिमाटी घुईयाबारी खर्कवार चपरगौडी कोहलपुर अन्तर प्रदेश सडक निर्माण ।
ङ. जाजरकोट नलगाड, कालिमाटी, खाण्टाकुरा, बारेकोट, जुम्ला हुदै मुगु रारा सडक निर्माण ।
च. खलंगा पाँचकाटिया,किटेनि नेटिलेख बारेकोट, जुम्ला सडक निर्माण ।
छ. जाजरकोट छेडा थल जुनिचाँदे जुम्ला सडक निर्माण ।
ज. लुम्बिनी रारा करीडोरको कुशे ८ मालुवातरा जुम्ला सुरुङ् मार्ग निर्माण ।
१. कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमान स्थलसँग रुकुम –पश्चिम) को सल्ले र चौरजाहरी, जुम्लाको खलंगाा, मुगुको ताल्चा, डोल्पाको जुफाल, कालीकोटको सुनथराली, हुम्लाको सिमीकोट र बाजुराको कोल्टी विमान स्थलको हवाइ सेवालाई जोडि नियमित सेवा सुचारु गरौं ।
२. सुर्खेतको कांक्रेविहार, बुलबुले, देउती बज्यै, दैलेखको पंचदेवल, नाभिस्थान, श्रीरिस्थान, धुलेस्थान, पादुका गढि, जुम्लाको सिंजा, चनदननाथ, तातोपानी, कनकासुन्दरी, रुकुमपश्चिमको स्यार्पुताल, बुढुमस्ट, डिग्रे साईकुमारी, राजकोट, गोतामकोट, जाजरकोटको जाजरकोट दरवार, शिवालय मन्दिर, साङ्टा गुफा, जग्तिपुरवायु घट्ट, पजारुदेवल, कालिक मन्दिर, कुशेमुसे चाकुरे, सल्यानको खैराबाङ, छत्रेश्वरी, कुपिण्डे ताल, कालिमाटी, मुगुको राराताल, छाँयानाथ, हुम्लाको खार्पुनाथ, रलिङ गुम्बा, याल्वाङ् गुम्वा, चंखेली, अदानचुलीमाई, लिमिभ्याली, लाप्चाको कैलाश मानसरोवर भ्यु, डोल्पाको शे–फोक्सुण्डो, त्रिपुरासुन्दरी, छलमस्टा मन्दिर, कालीकोटको मान्मा पंचदेवल, पचालझरना, महाबु, नरहरीनाथ, त्रिवणी, बडिमालीका, मस्टो, चुडिमालीका, रुपादेवी लगायतका स्थानहरुको भौतिक पुर्वाधार विकास गरी प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरौं ।
३. भाषा र संस्कृतिको उद्गम स्थल जुम्लाको सिंजालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरौं ।
४. कर्णाली र भेरी नदीका विभन्न स्थानहरुमा जलबिहारको व्यवस्था गरौं ।
५. सरकारी सेवा प्रवाहमा डिजिटल माध्यमको प्रयोग र विस्तार गरी कर्णाली प्रदेशका सबै ठाउंमा सुचना तथा सञ्चार प्रणालीको पहुंच सुनिश्चित गरौं ।
६. कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणधिन रंगशालाको निर्माण कार्य अविलम्व पुरा गरी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना यथाशिघ्र गरौं ।
७. एक घर एक स्वच्छ खानेपानीको धाराको अवधारणा अनुसार सबै जनतालाई स्वच्छ खानेपानीको प्रवन्ध गरौं ।
८. हरियो वन नेपालको धन भन्ने भानईलाई सार्थक बनाऔं, वनजंगलको रक्षा गर्दै वनलाई जडिवुटि उत्पादन र जिविकोपार्जन कार्यक्रमसंग जोडि लागु गरौं ।
९. जलवायु परिवर्तनको असरलाई रोकथाम गर्नको लागि वातावरण तथा पर्यावरणीय संरक्षण कार्यक्रम सञ्चालन गरौं ।
१०. भुकम्पबाट पीडित जाजरकोट, रुकुमपश्चिम, दैलेख र सल्यानका जनताको आवास निर्माण कार्य अविलम्व पुरा गरौं र भुकम्प पीडितहरुको पुर्नस्थापना र भौतिक संरचनाहरुको पुर्ननिर्माणको काम तत्काल अघि बढाऔं।
११. भुकम्प, बाढी, पहिरो, आगजनी लगाएत विभिन्न प्रकोपबाट निम्तिने विपदहरुलाई तत्काल समाधान गर्न प्रदेश देखि स्थानिय तहसम्मको विपद व्यवस्थापन संयन्त्रलाई समुदाय स्तरसम्म विस्तार गरि प्रभावकारी रुपमा संचालन गरौं ।
१२. राष्ट्रसेवक कर्मचारी, शिक्षक र सुरक्षाकर्मीको सीप, क्षमताको विकास गरी सेवा सुविधालाई आकर्षक वनाऔं।
१३. हाल सम्म सार्वजनिक पदमा रहेका सवैको सम्पत्ति छानविन गरौं ।
१४. सवै सार्वजनिक निकायहरुमा पारदर्शी सुचना प्रणाली लागु गरी विकासमा नागरिक सहभागिताको सुनिश्चितता गरौं ।
१५. न्युनतम पारिश्रमिकमा सुधार गरी श्रमिकहरुको हकहितको रक्षा गर्दै ट्रेड युनियनहरुलाई सशक्त बनाऔं ।
१६. जातिय छुवाछुत, लैङ्गीक विभेद, महिला हिंसा, घरेलु हिंसा, वालश्रम, वालविवाह, मानव वेचविखन, लागुऔषध दुव्र्यसनी, छाउपडी, बोक्सी, विभिन्न कुप्रथा, बलत्कार, हत्या, दमन तथा उत्पीडन र सवै प्रकारका भेदभाव विरुद्द प्रभावकारी कानुनी तथा प्रशासनिक व्यवस्था गरी शैक्षिक संस्था, संचार माध्यम, विभिन्न सरकारी तथा गैर सरकारी संस्था र राजनीतिक पार्टीका अभियानहरु संचालन गरौं ।
१७. सशस्त्र द्वन्दबाट प्रभावित महिला, वालवालिका, वेपत्ता, शहिद परिवार, घाईते र अपांगता भएकाहरुको उचित सम्मान, स्वस्थ्य उपचार, शिक्षा, आयआर्जन र रोजगार सम्बन्धी कार्यक्रम संचालन गरौं ।
१८. रोजगारी र सुशासनका लागि प्रदेश स्तरमा सर्वदलिय तथा सर्व पक्षिय सम्मेलन गरौं ।