मध्यपश्चिम विश्वविद्यालयको गम्भिर लापारवाही

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयको गम्भिर लापारवाही गरेको छ । विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षामा गम्भिर लापारवाही गरेको हो ।

स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगन गरिएको हो । परीक्षामा लेख्दै गरेका विद्यार्थीलाई विश्वविद्यालयले अचानक परीक्षा स्थगन भएको जानकारी दिदै चरम लापरबाही गरेको हो । यसमा विद्यार्थीहरू असन्तुष्ट बन्दै आलोचना गरिरहेका छन्

बिहान साढे ६ बजे सुरु भएर प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भइसकेको थियो । विद्यार्थीले लेख्न सुरु पनि गरिसकेको थिए । तर एक्कासि परीक्षा स्थगन भयो भनेर परीक्षामा खेलाची गरिएको हो ।

विश्वविद्यालयले परीक्षा स्थगित भएको विषयमा परीक्षा सुुरु भएपछि मात्रै आधिकारिक जानकारी गराएर औपचारिकता निभाए जस्तो गरेको छ । विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

विश्वविद्यालय जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं। १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको छ। यद्यपि कारण भने खुलाइएको छैन।

विश्वविद्यालयका अनुसार स्ववियु चुनावकै कारण स्थगित भएको जनाइएको छ । स्ववियु चुनावको कार्यतालिका सार्वजनिक भइसकेको थियो । निर्वाचन समिति र परीक्षा व्यवस्थापन समितिको तालमेल नमिल्दा यस्तो भएको विश्वविद्यालयले जनाएको छ ।

तर विद्यार्थीलाई भने पूर्व जानकारी गराइएको थिएन । चुनावका नाममा विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको विद्यार्थीको गुनासो छ ।