वीरेन्द्रनगर – नेपाल पत्रकार महासंघ शाखा, सुर्खेतले ४ बुँदे गढी घोषणापत्र जारी गरेको छ । शाखाको चौथो पूर्ण बैठकले बयलकाँडा गढी घोषणापत्र जारी गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा शाखाले विहिबार वीरेन्द्रनगर–१४, स्थित ऐतिहासिक गढी क्षेत्रमा बैठकको आयोजना गरेको थियो । पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माका अनुुसार बैठकले आम पत्रकारहरुको साझा हकहित र पेशागत सुरक्षाका नित्ति गोलबद्ध हुने प्रण गर्दै घोषणापत्र जारी गरेको हो ।
जसमा ऐतिहासिक गढी क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गरी पुनर्निर्माण गर्न वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण गराउँने पहिलो बुुदाँमा उल्लेख छ । यस्तै गोठिकाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यस क्षेत्रलाई जोड्ने पदमार्ग तथा सडक स्तरोन्तीलाई प्राथमिकता दिन प्रदेश सरकार र नगरपालिकाको ध्यानाकर्षण गराइने बताइएको छ ।
नगरपालिकालाई मिडियामैत्री सञ्चार कानून निर्माण गर्न जोडदार माग गर्ने बैठकले निर्णय गरेको छ । स्थानीय सरकारबाट प्रकाशन÷प्रसारण गरिने विज्ञापनहरू प्रकाशन÷प्रसारण गर्ने पहिलो हक सोही स्थानका सञ्चार माध्यमहरूले पाउनुपर्ने उल्लेख छ । यसको कार्यान्वयनका लागि नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
सोही अवसरमा गढीमै नगरपालिकाले पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा सहभागि पत्रकारहरुले नगरपालिकाले आगामी बजेटमा समेट्न पर्ने र यसअघि भए गरेका कामका बिषयमा सकरातमक आलोचना सहित सुुझाव सल्लाह दिएका थिए ।
अन्तरक्रियामा बोल्दै नगरप्रमुख मोहनमाया ढकालले पत्रकार महासंघ र पत्रकारहरुका माग तथा सल्लाहका आधारमा नगरपालिका अघि बढ्ने आवश्वासन दिइन् । उनले भनिन्, ‘गढी क्षेत्र एक पर्यटकिय स्थल हो । वीरेन्द्रनगर पुुगेपछि जो पनि एक पटक गढी पुुग्नपर्छ भन्ने ध्ययेका साथ पर्यटकिय क्षेत्रमा विकास निर्माणमा काम अघि बढाइने छ ।’
नगरउपप्रमुख निलकण्ठ खनालले गढी क्षेत्रको पर्यटकिय विकासका लागि सबैभन्दा पहिले पक्कि सडक निर्माणको कामलाई जोड दिइएको बताए । सडक विस्तारपछि अन्य संरचनाको काम गरेर गढीलाई सुर्खेतकै उत्कृष्ट पर्यटकिय क्षेत्र बनाइने उनको भनाइ छ ।