सरकारका कारण राजनैतिक वितृष्णा र निराशा छायो : प्रमुख सचेतक परियार

सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सरकारका कारण चारैतिर राजनैतिक वितृष्णा र निराशा छाएको दावी गर्नुुभएको छ ।

राष्ट्रिय दलित आयोगले कर्णालीमा बालबिवाह सम्बन्धि आयोजना गरेको कार्यक्रममा सहभागी हुन सुर्खेत पुुगेमा परियारले पत्रकार भेटघाटमा यस्तो बताउनुुभएको हो ।

‘रास्वपाको उदयले पुराना राजनीतिक दलहरु डराएका छन् । त्यसैले रास्वपा नबने नयाँ पुस्तालाई समेत घाटा हुन्छ’ उहाँले भन्नुुभयो ‘रास्वपालाई ढाल्ने प्रयत्न भइरहेको छ । यदी रास्वपा सद्दिएमा अब कैयौ वर्षसम्म नयाँ धार खडा हुने छैेनन्, त्यो संभव पनि छैन, यी पुरानै दलले जनतालाई ठगिरहने छन् । त्यसैले रास्वपा बनाउनमा नयाँ पुुस्ताले साथ दिनुुपर्छ ।’

नेपाली कांग्रेस, नेकपा एमाले लगायतका पुराना राजनीतिक दल जनताको पार्टी बन्न नसकेको कारण रास्वपाको उदय भएको उहाँको दाबी छ । पुराना राजनीति दल भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावादका फसेका भन्दै अब मुलुक निर्माणको जिम्मा रास्वपाले इमानदार र गम्भीर भएर लिन चाहेको उहाँले स्पष्ट पार्नुुभयो ।

उहाँले थप्नुुभयो, ‘मुलुकमा कोही न कोहीले हस्तक्षेप गर्नुपर्ने थियो । त्यो रास्वपाले गरेको छ । घरघरमा गएर नमस्कार गरेर भोट माग्ने नेताहरुले नै जनतालाई डण्डा लगाउने काम गरेका छन् । ती नेताहरुलाई खबरदारी गर्न जनता जाग्नुुपर्छ ।’

अर्को प्रशंगमा परियारले पछिल्लो समय पार्टी सभापति रवि लामिछाने र पार्टीमाथि भएको प्रतिशोध र चौतर्फी हमलाबारे प्रष्ट पार्नुुभयो । वर्तमान सरकारका कारण चारैतिर राजनैतिक वितृष्णा र निराशा छाएको उहाँको दावी छ । रास्वपालाई कमजोर बनाउन सकिन्छ कि भनेर राजनीतिक प्रतिसोध लिएर रवि लामिछाने माथि सरकार खनिएको उहाँको आरोप छ ।

दुई तिहाइको सरकारले जनतामा आशाको दियो बाल्न नसकेको भन्दै सरकारले जनमुखी काम गर्ने नसकेको उहाँको भनाइ छ । जनतालाई सेवाको नाममा संसद नै बन्दक बनाएर सरकारले अध्यादेश ल्याउने चेष्टा राम्रो नभएको उल्लेख गर्दै रास्वाको आवाजलाई संसदमै रोक्ने प्रयास गरिएको दावी गर्नुुभयो ।