कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल

सुर्खेत – कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।
बिहिबार महाशाखामा कार्यरत एक जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि माहाशाखा सिल गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
महाशाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पृष्टी भएपछि ३ दिनका लागि महाशाखा सिल गरिएको हो ।
मन्त्रालयका सचिव लोकनाथ पौड्यालको हस्ताक्षरीत सुचना पत्रमा असोज ८, ९ र १० गते ३ दिनका लागि स्वास्थ्य सेवा महाशाखा सिल गरिएको उल्लेख छ ।