कर्मचारीमा कोरोना देखिएपछि वन कार्यालय सिल

सल्यान – डिभिजन वन कार्यालय सल्यानमा कार्यरत दुई जना कर्मचारीमा कोरोना पुष्टि भएपछि वन कार्यालय सिल गरिएको छ ।
वन रक्षक र कार्यालय सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि डिभिजन वन कार्यालय सहित तीन सव डिभिजन वन कार्यालय सिल गरिएको डिभिजन प्रमुख रेमश गिरीले जानकारी दिए ।

संक्रमित कर्मचारीको सम्पर्कमा रहेका सव डिभिजन वन कार्यालय शारदा नगरपालिका, बागचौर नगरापलिका र सिद्ध कुमाख गाउँपालिका सिल गरिएको उनको भनाई छ ।

नेपालगञ्जबाट उपचार गरेर फर्किएका उनीहरुमा कोरोना संक्रमण देखिएको हो । नेपालगञ्ज उपचारको क्रममा कोरोना सरेको अनुमान गरिएको छ । उनीहरुलाई अहिले लुहापिङको आइसोलेसन कक्षमा राखिएको बताईएको छ ।