सप्तरीमा कोरोनाबाट सिडिओका भान्सेको मृत्यु

 जनकपुर – कोरोना संक्रमणबाट सप्तरीका सिडिओका भान्सेको मृत्यु भएको छ । कोरोनाबाट जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत ५५ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

कार्यालय सहयोगीको रुपमा कार्यरत उनी सिडिओको भान्सा समेत पकाउने गरेका थिए । भदौमा ३१ गतेमा कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए ।

प्रशासकीय अधिकृत आनन्द ठाकुरले स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको बताएका छन् । सप्तरीमा कोरोनाबाट हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । (हेल्थ आवाज)