एनपीएल : कर्णाली टिमको मार्की प्लेयरमा सोमपाल कामी ! कुन टिममा को परे ?

सुर्खेत – नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर टुंगो लागेको छ । जसअनुसार कर्णाली टिमको मार्की प्लेयरमा सोमपाल कामी छनोट भएका छन् ।

नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । जसअनुसार शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो ।

नेपाल क्रिकेट संघका अनुसार कर्णालीको मार्की प्लेयरमा सोमपाल कामी, काठमाडौंको करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।

सबै मार्की प्लेयरले एनपीएल खेलेवापत २० लाख रुपैयाँ पाउनेछन् । एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ ।