दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते, दुईको अवस्था गम्भीर

सुर्खेत – दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। शुक्रबार दिउँसो साढे २ बजेको समयमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका वडा नम्बर ५ धितामा दुर्घटनामा परेको हो।

उक्त जिप दुर्घटना हुँदा जिपमा सवार ९ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी डीएसपी सुनिल दाहले जानकारी दिए।

उनका अनुसार घाइते मध्ये ७ जनाको जल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ भने गम्भीर घाइते दुई जनालाई रिफर गर्ने तयारी रहेको छ।