एकैदिनमा १६ जना संक्रमितको मृत्यु

 काठमाडौं – थप १६ संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामामा ३ महिला र १३ पुरुष गरेर थप १६ जना संक्रमितको निधन भएको हो।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमित मध्ये झापाका ७२ वर्षीय वृद्ध, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय वृद्ध, भक्तपुरका ८४ वर्षीय वृद्ध र ६२ वर्षीय पुरुष, काठमाडौँका ५८ वर्षीय पुरुष र ७३ वर्षीय वृद्ध, मकवानपुरकी १७ वर्षीया किशोरी, ललितपुरकी ५८ वर्षीया महिला, चितवनका ५५ वर्षीय पुरुष, दोलखाकी ५२ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीय वृद्ध, बाँकेका ५० र ५९ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय २७ पुगेको छ।(हेल्थ आवाज )