सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोनाका संक्रमित थपिएका छन् ।
कर्णाली प्देश सामाजिक विकास मन्त्रालयको स्वासथ्य सेवा महाशाखाले दिएको जानकारी अनुसार प्रदेश अस्पताल / पशुपक्षी रोग अन्वेषण प्रयोग शालामा गरिएको परीक्षणमा २९, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा १ दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा ७ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ९ जना निको भएर डिस्चार्ज भएका छन् ।