कर्णालीमा संक्रमण पुष्टि हुने सुरक्षाकर्मीको संख्या १८६ पुग्यो

सुर्खेत – कर्णाली प्रदेशमा कोभिड-१९ पहिलोपटक गत जेष्ठ ५ गते दैलेख आठबिस नगरपालिकाका ३५ बर्से पुरुषमा देखिएको थियो । त्यसपछि कर्णालीमा कोरोना संक्रमणको ग्राफ १ पछि अर्को गर्दै विस्तारै उकालो लाग्न थाल्यो ।

 

कर्णाली प्रदेशमा हालसम्म ३ हजार १ सय ३६ जना संक्रमित पुगेका छन् । गएको शनिबार मात्र ४४ जनामा कोरोना संक्रमण पुष्टि भयो । भने आइतबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म १ सय ८६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका  ८५ जना नेपाल प्रहरीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ७१ जना निको भइ नियमित काममा फर्किसकेको प्रदेश प्रहरी कार्यालयका प्रवक्क्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपि) राजेशनाथ बास्तोलाले जनाकारी दिए । साथै १४ जना उपचारार्थ रहेको उनको भनाइ छ ।

 

प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयको गएको भदौ ३१ गते सम्मको तथ्यांक अनुसार शसस्त्र प्रहरीबलका ३१ जनामा कोरोना संक्रमण पुष्ठि भएको थियो । साथै नेपाल आर्मी तर्फमा मात्रै ७० जनामा कोरोना संक्रमण पुष्ठि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

 

विभिन्न अपराधमा संलग्न अभियुक्त पक्राउ गर्न र नियमित सुरक्षा कार्यका लागि सडकमा खटिएनु पर्ने भएकाले सुरक्षाकर्मी संक्रमित हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्क्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक बास्तोलाको भनाइ छ ।