अनशनरत डा. केसीको मागप्रति उपप्रमुख बुढाको एक्यवद्धता

जुम्ला – जिल्ला समन्वय समिती जुम्लाको उपप्रमुख कार्मा बुढाले अनशनरत डा. गोविन्द केसीका मागप्रति समर्थनसहित एक्यवद्धता जनाएका छन् । डा. केसीको माग जनमुखी भएकाले एक्यवद्धता जनाएको उनले बताए ।

उनले भने, ‘डा. केसी एक सन्त व्यक्ति हुन् । उनको न घर छ, न परिवार नै । उनले आफ्नो घर बनाई देउ, आफ्नो भाई भारादारलाई आजीवन राज्यको सेवा भोक गर्ने अधिकार माग्नु भएको होइन। नेपालका दुरदराजका नागरिकको पनि स्वास्थ्यमा पहुच हुनुपर्दछ भन्नु उनको पनि बेमाइनी होइन।

आमनागरिकको स्वास्थ्यमा सहज पहुच होस भनेर लामो समयदेखि सरकारसँग माग गर्दै आएका हुन् ।’ डा. केसीको माग जाहेज रहेको र सरकारले यथासिघ्र उनको माग सम्बोधन गर्न आवश्यक रहेको उनको भनाई छ ।

२९ भदौदेखि जुम्लामा अनशनरत डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् । (हेल्थ आवाज)