थप १० संक्रमितको निधन, काठमाडौंका मात्रै ४ जना

 काठमाडौं – थप १० संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामामा ६ महिला र ४ पुरुष गरेर थप १० जना संक्रमितको निधन भएको हो। आइतबार मात्रै काठमाडौंमा ४ जना संक्रमितको मृत्यु भएको छ।

जसमध्ये ४०, ६०, ६३ वर्षीया ३ महिला र ८२ वर्षीय एक वृद्ध रहेका छन्। यस्तै, ललितपुरकी ७५ वर्षीया वृद्धा, भक्तपुरकी ७२ वर्षीया वृद्धा, चितवनका ८० वर्षीय वृद्ध, रुपन्देहीका ६७ वर्षीय वृद्ध र पाल्पाकी ४३ वर्षीया महिला रहेकी छिन्। यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय  ११ पुगेको छ । (हेल्थ आवाज)