सुनको मूल्य एकै दिन २२ सयले घट्यो

काठमाडौँ –  नयाँ वर्षको पहिलो आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ। गत वर्ष चैतभर उच्च कीर्तिमानी मूल्यमा कारोबार भएको सुन ०८१ सालको पहिलो कारोबार दिन २ हजार २ सय रुपैयाँ प्रतितोला सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन हालसम्मकै उच्च १ लाख ३९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

आइतबार घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँमा झरेको छ। तेजाबी सुन आज १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ। चाँदी पनि आज ५० रुपैयाँ सस्तो भएर १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।

उता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस साढे २३ सय अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।