कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् ।

कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् । कँडेललाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।