मुख्यमन्त्री कँडेलको शपथ बुधबार ३ बजे हुने

सुर्खेत – नवनियूक्त कर्णाली प्रदेशका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पद तथा गोपनियताको शपथ बुधबार लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउने छन् ।

कँडेल नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियूक्त भएका थिए । केन्द्रमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच भएको भागवण्डमा कर्णाली एमालेको भागमा परेपछि २१ फागुनमा मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएका थिए ।

शर्माको राजिनामा पश्चात प्रदेश प्रमुख परियारले सात दिन भित्र बहुमत पु¥याएर सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई समय दिएका थिए । सोही बमोजिम एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकिकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियूक्त भएका हुन् ।