यी हुन्, व्यवस्थापन संकायतर्फ कर्णालीकै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी

सुर्खेत । राष्ट्रिय परिक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को परिक्षा नतिजामा छात्र रमेश सापकोटा र छात्रा स्नेहा श्रेष्ठ कर्णालीकै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

सुर्खेत होराइजन एकेडमीमा अध्ययनरत छात्र÷छात्रा दुबै जनाले व्यवस्थापन संकायतर्फ कर्णालीमै उत्कृष्ट नम्बर ल्याएका हुन् । छात्र रमेश सापकोटाले ३ दशमलब ६९ जीपीए ल्याएर व्यवस्थापन संकायतर्फ कर्णालीमै प्रथम भएका छन् । भने छात्रा स्नेहा श्रेष्ठले ३ दशमलब ६६ जीपीए ल्याएर छात्रातर्फ कर्णालीमै दोस्रो स्थान बन्न सफल भएकी हुन् ।

सुर्खेत होराइजन एकेडमीका प्रधानाध्यापक घनश्याम खड्काका अनुसार विद्यालयबाट १ सय १७ जना विद्यार्थी कक्षा १२ को परिक्षामा सहभागी भएका थिए । जसमध्ये ७२ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । पछिल्लो समय सुर्खेत होराइजन एकेडमीका विद्यार्थीले हरेक परिक्षामा उत्कृष्ट नतिजा ल्याउदै आफु र विद्यालयलाई अब्बल सावित गर्न थालेका छन् ।