काठमाडौँ – मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।
हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए। हेलिकोप्टरका पाइलट नेपाली थिए। उनको विवरण खुलिसकेको छैन।
सिटौलाका अनुसार सोलुखुम्बुको लुक्लाबाट बिहान १० बजे उडेको हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो।