काठमाडौँ – नक्कली शरणार्थी प्रकरण तथा ललिता निवासको जग्गा हिनामिनामा संलग्नविरुद्ध कारबाही प्रक्रिया अघि बढिरहेका बेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष व्यक्तिलाई नडराउन आग्रह गरेका छन्।
तर दोषी र अपराधीलाई कुनै हालतमा छुट नदिइने प्रतिबद्धता पनि गृहमन्त्री श्रेष्ठले जनाएका छन्। साथै कानुन धनी र गरिबका लागि बेग्लाबेग्लै नहुने चेतावनी पनि उनले दिएका छन्।
‘कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु पर्दैन’, गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दोषी र अपराधीलाई भने छुट हुनेछैन।’
मीनबहादुर पक्राउबारे निजी क्षेत्रको एकै स्वर स् व्यवसायी त्रसित भए, अर्थतन्त्रमा असर पर्छ
उनले अगाडि लेखेका छन्, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौँ।’