आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमसम्बन्धी प्रश्नमा जवाफ दिँदै

काठमाडौँ – संसद्‌मा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल आज ९शुक्रबार० पनि जारी रहने भएको छ।

त्यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम पनि रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। यस विषयमा राष्ट्रिय सभामा भने प्रधानमन्त्रीले जवाफ दिइसकेका छन्।

संघीय संसद्का महासचिव डा। भरतराज गौतमका अनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री जवाफ दिइसकेपछि नीति तथा कार्यक्रमका लागि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यक्रम पनि तय गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संसद्का दुवै सदन ९प्रतिनिधि सभा र राष्ट्रिय सभा० को संयुक्त बैठकमा पेस गरेका थिए।

संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छ।