सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन गरिने सत्यपित्रका २०७९ जेष्ठ १५, आईतवार प्रकाशित सुर्खेत – सरकारले आगामी बजेटबाट सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र संचालन गर्ने भएको छ। आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने बताए।