काठमाडौं – सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले बजेटमा किसानलाई पेन्सन दिने योजना अघि सारेका हुन्।
किसानलाई आत्मसम्मानका लागि पेन्सन योजना अगाडि सारेको बताउँदै किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको समेत बताए।