आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज सोमबार एक खेल हुँदै

काठमाडौं-इन्डियन प्रिमियर लिग आईपीएलटीट्वान्टी क्रिकेटमा आज सोमबार एक खेल हुँदैछ ।

मुम्बईमा हुने खेलमा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।

आज पन्जाब जित निकाल्दै प्ले अफको सम्भावना कायम राख्न चाहन्छ ।

यस अघिको भेटमा दिल्लीले पन्जाबलाई हराएको थियो ।

मुम्बईमै भएको खेलमा दिल्ली ९ विकेटले विजयी भएको थियो ।