काठमाडौं-महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार मत कटाएका छन्।
हालसम्मको गणनामा उनले ६२०७ मत ल्याएका छन्।
पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा २९६४ मत धेरै ल्याएका छन्।
स्थापितले हालसम्म ३२४३ मत पाएका छन्।
यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २८८५ मत पाएकी छन्।