दैलेखको भैरवी गाउँपालिकामा काँग्रेस विजयी

काठमाडौं – दैलेखको भैरवीमा काँग्रेसले एमालेको गढ भत्काएको छ । त्यहाँ पालिकाको अध्यक्षमा काँग्रेसकी रिताकुमारी शाहीले ३९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा पनि काँग्रेसकै देवी भण्डारीले ३३७४ मत ल्याएर विजयी भएका छन् ।

एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३९६० मत ल्याएर पराजित हुन पुगे भने उपाध्यक्षमा एमालेले ३२२७ मत पाएको छ । एमालेबाट उपाध्यक्ष लडेकी पदमकुमारी विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।