सिद्ध पाइला मन्दिरमा कलस यात्रा र पुजा पाठ सुरु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर १४ मा रुहेको प्राचीन सिद्ध पाइला मन्दिरमा कलस यात्रा र विशेस पुजा पाठ सुरु भएको छ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर १४ मा रहेकाे सिद्ध पाइला मन्दिरमा यही जेठ २ गते सोमबार आज बिहान ८ बजे बाट कलस यात्रा र बिसेस पुजा पाठ सुरु भएकोे हो।

उक्त कलस यात्रा र बिसेस पुजा पाठ भोली जेठ ३ गते मंगलबार सम्म हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष्य सानु पौडेल दिपेन्द्रले जानकारि दिनुभयो।

कलस यात्रा को लागि प्रस्तान स्थान विरेन्द्रनगर १४ सुर्खेत छेडा बजार देखि सिद्ध पाइला मन्दिर सम्म रहेको आयोजक समिति सिर्जनसिल स्वास्थ्य आमा समुहले बताएको छ।