युक्रेन युद्धले खाने तेलको मूल्यमा विश्वव्यापी वृद्धि, भारत सबैभन्दा ठूलो समस्यामा !

बीबीसी – विश्वकै सबैभन्दा ठूलो पाम तेलको उत्पादक, इन्डोनेशियाले गत हप्ता मात्र घरेलु मूल्य वृद्धिलाई समाधान गर्न तेल निर्यात बन्द गर्ने घोषणा गरेको छ । यसमा कोभिड महामारी र युक्रेन युद्धका कारण खाने तेलको मूल्य यो स्तरमा बढिरहेको बताइएको छ ।

यसरी विश्वव्यापी रुपमै तेलसहित विभिन्न खाद्यान्नको मूल्य अकाशिएको अवस्था छ । यसमा पनि खाने तेल विशेषगरी भारतको १।३८ अर्ब जनसङ्ख्याको डायटको महत्वपूर्ण हिस्सा हो । भारत विश्वकै दोस्रो सबैभन्दा ठूलो वनस्पति तेल निर्यात तथा उपभोग गर्ने देश हो । यसले आफ्नो ५६ प्रतिशत आवश्यकता सातवटा देशबाट निर्यात गरि पूरा गर्दै आएको छ ।

भारतमा विशेषगरी पाम, सोयाबिन र सूर्यमूखी तेलको बढी प्रयोग हुन्छ । पाम तेलका लागि यसले ९० प्रतिशत इन्डोनेशिया र मलेसियाबाट भित्र्याउँदै आएको छ ।

सूर्यमुखी तेलको माग पूरा गर्न चाहिँ यसले आधा भन्दा बढी रुस र युक्रेनबाट आयात गर्ने गरेको छ । यो भनेको विश्वव्यापी निर्यातको ८० प्रतिशत हिस्सा हो । तर हाल रुस र युक्रेनबीच जारी युद्धका कारण यसपटक सूर्यमुखी तेलको आपूर्ति २५ प्रतिशतले कटौती हुने देखिएको छ । यसैगरी पाम तेलको दोस्रो ठूलो उत्पादक मुलुक मलेसियामा पनि यसको निर्यातमा कडाइ गर्न थालिएको छ ।

यसरी भारतले यो वर्षमात्र खाने तेल निर्यात गर्न २० अर्ब डलर भन्दा बढी खर्च गर्नुपर्ने अवस्था सिर्जना भइसकेको हुन्छ । यो भनेको दुई वर्ष अगाडिको तुलनामा दुई गुणा बढी मूल्य हो ।

वनस्पति तेल व्यापार संगठन, सल्भेन्ट एक्सट्राक्टर्सका प्रमुख भन्छन्, “कुनै पनि राष्ट्र यत्तिको ठूलो स्तरसम्म सधैँभरि कसरी निर्यातमा निर्भर रहन सक्छ ? त्यसैले अहिले हामी अलपत्र अवस्थामा पुगेका छौँ । यो वास्तवमै एकदम ठूलो संकट हो । यसकारण हामीले यो युद्धबाट निर्यातप्रतिको निर्भरता कम गर्नेबारे ठूलो पाठ सिक्नुपर्ने अवस्था आएको छ ।”

मूल्य वृद्धि नियन्त्रण गर्नकै लागि भारतले खाने तेलमाथिको कर ‘ट्यारिफ’ कटौती गरेको छ । तर २०२० बाट नै लगातार बढिरहेको मूल्यका बीच युक्रेन युद्धले आपूर्ति अवरुद्ध गराइदिँदा समसया गम्भीर बन्न पुगेको हो । सबैभन्दा सस्तो तेल मानिने पाम तेल, भारतमा घरपरिवारदेखि होटल रेस्टुरेन्ट र बेकरीमा पनि प्रयोग गर्दछन् । तर पछिल्लो दुईवर्षमा यसको मूल्य पनि ३०० प्रतिशतले बढेको छ ।

अहिले चाहिँ एक महिनामै खाने तेलको मूल्य २० प्रतिशतले बढिसकेको रिपोर्ट गरिएको छ । मानिसहरुले आपूर्ति स्टक गरेर राख्न थालेकाले पनि यसको मूल्य उल्लेखनीय रुपमा प्रभावित भएको बताइएको छ ।

विशेषगरी भारतमा सस्तो मिठो भनिने सडकपेटीमा पाइने खाना प्रायः तेलमै तारिएको हुन्छ । त्यसैले पनि तेलको मूल्यवृद्धि हुनुले गरिबहरुलाई अझ नराम्ररी प्रभाव पारेको छ । यससँगै चामल, गहुँ र नुनको भाउ पनि बढ्नुले स्थिति भयावह बन्ने खतरा पैदा भएको छ ।

त्यसैले मूल्य यहि अवस्थामा बढिरहने हो भने भारत सरकारले निर्यात अभावलाई धान्नका लागि रासन निर्धारित गर्नुपर्ने हुन्छ । अभावको भर्पाइ गर्न यसवर्ष भारतले देशभित्रै पर्याप्त तोरी र सोयाबिन खेतीमा आशा राखिरहेको छ । – रोयटर्सबाट