काठमाडौं – यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । त्यसका लागि मतदान अधिकृतले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–३३ बमोजिमको हुने किसिमले मतदान केन्द्र बनाउनुपर्छ । मतदान केन्द्रमा विभिन्न व्यवस्था गर्नुपर्छ ।
निर्वाचन आयोगका अनुसार मतदाता प्रवेश गर्ने द्वामा भित्रु र मतदता बाहिर निस्कने द्वारमा बाहिरु लेखिएको कार्ड सबैले देख्ने गरी टाँस्नुपर्छ ।
मतदान केन्द्रको प्रवेशद्वारमा महिला र पुरुष मतदाता अलग–अलग रूपमा लामबद्ध हुन सक्ने गरी डोरी वा बाँसले मतदाताको लागि लाम लाग्ने ठाउँ छुट्याई महिला वा कर्मचारीको पुरुपु लेखिएको अलग–अलग कार्ड झुन्ड्याउनुपर्छ ।
मतदान केन्द्रको बाहिरपट्टि सबैले देख्ने गरी धूमपान निषेधित क्षेत्र तथा हातहतियार निषेध लेखिएको कार्ड झुन्ड्याउनुपर्छ ।
मतदान अधिकृतले मतदान केन्द्रमा मोबाइल निषेध गरी सोको सूचना सबैले देख्ने गरी टाँस्नेलगायत कार्य गर्नुपर्ने आयोगले जनाएको छ ।