सुर्खेत – डिलाराम आचार्य ‘इच्छुक’ र कल्पना मगर ‘निर्दोशी’ को कोसेली “मुटुभित्रै” झ्याउरे गित सार्वजनिक भएको छ ।
सुनिता बुढाक्षेत्री, रेशम निर्दोष, डिलाराम आचार्य ‘इच्छुक’ र कल्पना मगर ‘निर्दोशी’ को आवाजमा रहेको “मुटुभित्रै” झ्याउरे गित गायक डिलारामकै लय, शब्द संयोजन रहेको छ ।
गितमा पछिल्लो समयम टिकटकमा नेपालकै संस्कारी चेलीको रुपमा चिनिएकी कोहलपुर बाकेकी पार्वती केसी र पछिल्लो समय युवा पुस्ताको रोजाइमा पर्न सफल नृत्य निर्देशक चन्द्र मन्दिर, नवीन वलि, ममता खड्का मगरको समेत नृत्य रहेको छ । यस्तै माधव रिजाल, भावना मगर लगाएतले गितमा अभिनय गरेका छन् ।
लेकवेशी अनलाइन टिभिबाट सार्वजनिक गितको भिडियोमा रोधि बस्ने पुरानो चलनलाई झल्काउने कोसीस गरिएको छ ।
हेमन्त कान्छा रसाइलीको एरेन्जमा बनेकोे गितमा मौलिक बाजाहरुको प्रयोग गरिएको पाईन्छ । गितको उठानमा नेपाली मौलिकताका संरक्षक नारायण रायमाझी र मौलिकता बचाउ अभियान्ता सेरबहादुर आचार्य गाइनेको छोटो संबादले गित लाई थप आकर्षक बनाएको छ । पछिल्लो युवा पुस्ताले आफ्नो कला र संगितलाई भुल्दै गएको अवस्थामा ठेट नेपाली बाजाहरुको प्रयोगमा यो गित तयार गरिएको छ ।
गितमा केटाले केहीलाई मन परायको र केटिले सजिलै नमानेको र अन्त्यमा मन मिलायर रोधि बस्दा बस्दै भागेको दृश्य देख्न सकिन्छ । गितको भिडियो लेकबेशि ९ चौरासेमा छायांकन गरिएको हो ।