सुर्खेत – पछिल्लो २४ घण्टाभित्र कर्णालीमा १९ जना कोरोना संक्रमित थपिएका छन् । दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा ११ जना, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा २ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जानकारी दिएको छ । यो सँगै कर्णालीमा संक्रमितको संख्या २ हजार ३६३ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १५ जना रहेको महाशाखाले जनाएको छ । यो सँगै डिस्चार्ज हुनेहरुको संख्या २ हजार ४० पुगेको छ । कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ३१७ रहेको जनाइएको छ ।