काठमाडौं- विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा फोटो पत्रकारहरुको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
राष्ट्रिय फोटो पत्रकार समूह एनएफीजे नेपाल र फोटो पत्रकार क्लवमा आवद्ध रहेका र विभिन्न संञ्चार गृहमा कार्यरत १२५ जना फोटो पत्रकारहरुको स्वाब संकलन गरिएको हो । विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि उपत्यकामा स्वाव संकलन गरिएको हो ।
पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी पनि जोखिममा रहेपछि परीक्षणका लागि स्वाब संकलन गरिएको हो । सम्पूर्ण अग्रपंक्तिमा कार्यरत फोटोपत्रकारको स्वाव संकलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले बताए ।हेल्थ आवाज ।