रुस अझै युक्रेनी समस्याको कूटनीतिक समाधानप्रति आशावादी


काठमाडौं – रुसले पश्चिमजगत्सँगको आफ्नो तनावको अझै कूटनीतिक समाधान सम्भव रहेको अभिव्यक्ति दिएको छ । टेलिभिजनबाट प्रसारित बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘कूटनीतिक वार्ता अझै सकिएको छैन’ भनिएको थियो ।

एक दर्जनभन्दा बढी मुलुकले युक्रेनबाट आफ्ना नागरिकलाई फर्कन आह्वान तथा अमेरिकाले युक्रेनमा जुनसुकै बेला बमबारी हुन सक्ने जनाएपछि रुसको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

युक्रेनी सिमानामा आफ्नो एक लाख फौजको उपस्थितिका बाबजुद पनि रुसले युक्रेनमाथि अक्रमणको योजना नरहेको कुरा अझैसम्म पनि दोहोर्‍याइरहेको छ ।

अर्को एउटा टेलिभिजन कार्यक्रममा पुटिने रुसका विदेशमन्त्री सर्गेइ लाभारोभलाई पश्चिमजगत्सँग सम्झौताको सम्भावना बाँकी छ कि वा रुसलाई कतै कहिल्यै नटुंगिने वार्तामा तानिँदै त छैन रु भनेर प्रश्न गरेका थिए ।

जवाफमा लाभारोभले सम्भावनाहरु समाप्तै हुने अवस्था भन्दा टाढै रहेको बताएका थिए । वार्ता अनिश्चितकालसम्म लम्ब्याउन नहुने उनको भनाइ थियो । साथै, लाभारोभले वार्तालाई चलायमान र निरन्तर जारी राख्नुपर्ने आफ्नो निजी विचार रहेको बताए ।

यस्तै, रुसी रक्षामन्त्री सर्गेइ सोइगुले पुटिनलाई युक्रेनको सीमानजिकको सैनिक अभ्यास सकिइसकेको र अन्यत्रमा सकिने अवस्थामा पुगेको जानकारी गराएका थिए । बीबीसीबाट ।