सुर्खेत – भिरबाट खसेर सुर्खेतकी एक महिलाको मृत्यु भएको छ । प्रहरी चौकी आग्रिगाँउ सुर्खेतका अनुसार सिम्ता गाउपालिका ४ सिमलगाँउ बस्ने धर्म बहादुर नेपालीकी श्रीमती बर्ष ३८ की राधिका नेपालीको भिरबाट खसेर मृत्यु भएको हो ।
मंगलबार बिहान १० बजे छोरीसँग लक्ष्मी सामुदायिक बनमा घाँस काट्न गएकी राधिका दिउसो करिब साढे १ बजेतिर भिरबाट खसेकी हुन् ।
भिरबाट लड्दा झण्डै एक सय ५० मिटर तल खसी उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।