काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जना कोभिड १९ संक्रमित थपिएका छन् । ११ हजार ८८० वटा नमुनामा परीक्षण गर्दा १,३६९ नमुनामा संक्रमण पुष्टि भएको हो ।
आज २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुगेको छ ।
आज १२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।