कर्णाली प्रदेश सरकारले झण्डै साढे तीन महिनापछि पूर्णता पायो, को को बने मन्त्री ?

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले रिक्त पाँच मन्त्री नियुक्त गर्नुभएको छ । नव नियुक्त मन्त्रीहरुले आज प्रदेश प्रमुख तिलक परिवार बाट सपथ लिएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रबाट दुई÷दुई तथा एकीकृत समाजवादीबाट एक जना मन्त्री नियुक्त गरिएको छ । नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुधढा र दैलेखका हिमबहादुर शाही मन्त्री बनेका छन् ।

बुढा सामाजिक विकास मन्त्री र शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हुन। बुढा यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारमा पनि सामाजिक विकासमन्त्री थिए भने प्रमुख सचेतक शाही पहिलो पटक मन्त्री बनेका हुन । माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा कार्चेन मन्त्री बनेका छन् ।

सिंह उर्जा तथा जलस्रोत मन्त्री तथा लामा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन्। गैर सांसदलाई मन्त्री बनाउन लागेको भन्दै माओवादी बार्टी र जनस्तरमै बिरोध भएपनि लामा मन्त्री बनाएको छ । एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनेका छन् ।

मुख्यमन्त्री शाहीले यसअघि माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइसक्नुभएकाे छ