कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मोर्डना खोप आइपुग्दै


काठमाडौं – कोरोना भाइरसविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आज नेपाल आइपुग्दै छ।

खोप आज बिहान कतार एयरबाट नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।

यसअघि हिजो पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल आएको थियो । यो खोप सरकारले विश्व बैङ्कको सहयोगमा खरिद गरेको सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको खोपका लागि आवश्यक २ करोड ४ लाख सिरिञ्ज अर्थात् सुइमध्ये ५० लाख नेपाल आइसकेको पनि चौरसियाले बताए।

यसअघि आएको मोडर्ना खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो। अहिले आउने मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय भइसकेको छैन।