कांग्रेस प्रदेश–२ मा आज मतदान गर्ने सहमति, ८ बजेपछि सुरु हुदै


जनकपुर – प्रदेश कांग्रेस– २ अधिवेशनअन्तर्गत आज मतदान हुने भएको छ । हिजो हुने भनिएको मतदान आज हुन लागेको हो । निर्वाचन समितिले हिजो दिउँसो १ बजेबाट मतदान गर्ने समय तय गरेको थियो ।

मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान सारिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृत प्रह्लाद गौतमले मतदान आज बिहान ८ बजेबाट मतदान सुरु हुने जानकारी दिएका छन्।

सभापतिका उमेदवार कृष्णकुमार यादवकाअनुसार दुवै समूहबीच भोलि आज बिहानदेखि मतदान गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *