काठमाडौं – देशभर पछिल्लो समय ११ हजार ६ सय २६ जनाको कोरोना परीक्षण गर्दा थप २९३ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।
योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ८१ जना पुगेको मन्त्रालयले जनाएको छ। दुई सय ६३ जना कोरोनामुक्त भएका छन्। हाल मन्त्रालयका अनुसार पाँच हजार एक सय ६१ जना सक्रिय संक्रमित छन्।