काठमाडौं – हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । काठमाडौँको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम माइनस ५.३ डिग्री सेल्सियस रहेको छ ।
आइतबार देशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार भने प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।