स्वस्तिमा बनिन् पलको दिलको हरन

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का अभिनेता पल शाहको ‘दिलको हरन’ बनेकी छन् । गायिका मेलिना राई र गायक हरि लिम्बुको स्वर रहेको गीतको म्युजिक भिडियोमा स्वस्तिमा र पलको अभिनय छ ।

प्रेमिल शैलीको गीतमा स्वस्तिमा र पल प्रेमी प्रेमीको रूपमा देखिएका छन् । विष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

नवराज उप्रेतीले छायांकन, सुबोल थापाको कोरियोग्राफी, दिन्सन शाहको सम्पादन रहेको भिडियो गम्भीर बिस्टले निर्देशन गरेका हुन् ।