कांग्रेस केन्द्रीय सदस्यमा धेरै मत ल्याउने शीर्ष ३५ भित्र को-को परे ? बाँकी गणना आज

काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म ५१ प्रतिशत मतगणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् ।

खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् ।

३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापा ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।

५१ प्रतिशत मत गन्दा शीर्ष ३५ भित्र परेका उम्मेदवारहरु

१. डा‍ शशांक कोइराला-१९७१

२. एनपी साउद- १५३८

३. बालकृष्ण खाँण-१५०७

४. रमेश लेखक – १४५१

५. ज्ञानेन्द्र बहादुर कार्की – १४२३

६. उदय सम्शेर राणा – १४४५

७. रामहरी खतिवडा – १३९५

८. अर्जुननरसिंह केसी- १३८३

९. गोपाल मान श्रेष्ठ-१३२३

१०. जिप छिरिङ लामा-१३१२

११. जितजंग बस्नेत-१२८३

१२. नैन सिंह महर- १२८२

१३. डा रामशरण महत-१२८१

१४. सुनिल बहादुर थापा- १२४६

१५. बल बहादुर केसी- १२३३

१६.दिलेन्द्र प्रसाद बडु- १२३१

१७. मोहन बहादुर बस्नेत- १२०२

१८. दिपक गिरि- ११७४

१९. सुरेन्द्र राज पाण्डे-११५१

२०. कुन्दन राज काफ्ले- ११४३

२१. सन्जय कुमार गौतम- १००१

२२. प्राडा गोविन्दराज पोखरेल- ९६२

२३. राजीव ढुंगाना-९३५

२४. डा। गोपाल दहित- ९३१

२५. कृष्णकिशोर घिमिरे- ९२९

२६. दिनेश कोइराला- ९२५

२७. बिरेन्द्र कुमार कनौडिया- ९१९

२८. इ मोहन आचार्य- ९१३

२९. अजयबाबु सिवाकोटी- ९०९

३०. मदन बहादुर अमात्य-९०८

३१. उमेश जंग रायमाझी- ८९१

३२. गणेश लामा-८८८

३३. मंगल प्रसाद थारु- ८७१

३४. मनोज मणि अचार्य-८५४

३५. केदार कार्की – ८१९

शनिबार रातभर लाग्ने भएपछि उम्मेदवारकै सहमतिमा मतगणना आज हुने गरी स्थगित गरिएको हो । अब २२८९ मत गन्न बाँकी छ । आइतबार आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ ।